ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गड्डाचौकी नाकाबाट घर फर्किए भारतमा बन्धक बनाइएका ५७ नेपाली

बिहिबार १२, असार २०८२ १२:१६

धनगढी । भारतको उत्तराखण्डस्थित काशीपुर र रुद्रपुरमा बन्धक बनाइएका ५७ नेपालीलाई कञ्चनपुरको गड्डाचौकी नाका हुँदै स्वदेश फर्काइएको छ । 

नेपाली राजदूतावास, भारतीय प्रहरी र सामाजिक संस्था ‘किन इन्डियाका निर्देशक नवीन जोशीको समन्वयमा गत बिहीबार ३५ जना र आइतबार २२ जनाको उद्धार गरिएको थियो । 

उनीहरुलाई झुटो रोजगारीको आश्वासनमा विभिन्न जिल्लाबाट भारत पुर्‍याइएको थियो । कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरेर उनीहरुलाई स्वदेश ल्याइएको हो ।

उनीहरुको स्वागतमा गड्डाचौकी नाकामा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि तथा स्थानीय अधिकारीहरूको उपस्थिति रहेको थियो । 
 

प्रतिक्रिया