ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा सुरु भयो सुदूरपश्चिमस्तरीय यू–१९ महिला क्रिकेट

बिहिबार १२, असार २०८२ १२:०२

धनगढी । सुदूरपश्चिम प्रदेशस्तरीय यू–१९ महिला क्रिकेट कैलालीको धनगढीमा सुरु भएको छ । प्रदेश खेलकुद परिषदले आयोजना गरेको प्रतियोगिताको एक कार्यक्रमकाबीच सुदूरपश्चिमका सामाजिक विकासमन्त्री मेघराज खड्काले उद्धाटन गरे । प्रतियोगिताको उद्घाटन खेल कैलाली र कञ्चनपुरबीच भइरहेको छ ।

परिषदका सदस्य सचिव लोकबहादुर खड्काले प्रतियोगितामा बाजुराबाहेक सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता रहेको जानकारी दिए । आठ टिमलाई दुई समूहमा राखेर टि–२० फर्मेटमा प्रतियोगिता भइरहेको छ । 

सदस्य सचिव खड्काका अनुसार प्रतियोगिताको विजेताले नगद दुई लाख तथा उपविजेताले नगद एक लाखसहित ट्रफी तथा मेडल प्राप्त गर्ने छन् । प्रतियोगितामा तृतीय र चौथो स्थान प्राप्त गर्ने टिमले नगद ५०–५० हजार पुरस्कार पाउने छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट ब्याटर र बलरलाई १५र१५ हजार, उदयमान खेलाडीलाई १० हजार र प्रत्येक खेलका म्यान अफ द वुमेनलाई दुई हजार नगद प्रदान गरिने खड्काले बताए ।

प्रतिक्रिया