ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमस्तरीय यू-१९ महिला क्रिकेट भोलिदेखि, विजेतालाई दुई लाख

बुधबार ११, असार २०८२ ०९:१७

धनगढी । सुदूरपश्चिम प्रदेशस्तरीय यू-१९ महिला क्रिकेट असार १२ गतेदेखि हुने भएको छ । प्रदेश खेलकुद परिषदको आयोजनामा हुने प्रतियोगिताबारे बुधबार पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ ।

परिषदका सदस्य सचिव लोकबहादुर खड्काले प्रतियोगितामा बाजुराबाहेक सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता रहने जानकारी दिए । `आठ टिमलाई दुई समूहमा राखेर टि-२० फर्मेटमा प्रतियोगिता सञ्चालन गरिने छ,´ खड्काले भने, `प्रतियोगिता धनगढीको फाप्ला मैदानमा सञ्चालन हुने छ ।´

समूह `ए´मा कैलाली, कंचनपुर, अछाम र बझाङ तथा समूह `बी´मा डडेल्धुरा, बैतडी, डोटी र दार्चुला रहेका छन् । उद्घाटन खेल भोलि कैलाली र कंचनपुरबीच हुने छ ।

सदस्य सचिव खड्काका अनुसार प्रतियोगिताको विजेताले नगद दुई लाख तथा उपविजेताले नगद एक लाखसहित ट्रफी तथा मेडल प्राप्त गर्ने छन् । प्रतियोगितामा तृतीय र चौथो स्थान प्राप्त गर्ने टिमले नगद ५०/५० हजार पुरस्कार पाउने छन् ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार, उत्कृष्ट ब्याटर र बलरलाई १५/१५ हजार, उदयमान खेलाडीलाई १० हजार र प्रत्येक खेलका म्यान अफ द वुमेनलाई दुई हजार नगद प्रदान गरिने खड्काले बताए ।

यस्तै पत्रकार सम्मेलनमा ट्रफी पनि सार्वजनिक गरिएको छ ।

पत्रकार सम्मेलनमा क्रिकेट संघका केन्द्रीय सदस्य तथा कैलाली जिल्ला अध्यक्ष बिक्रम बिष्टले महिलाको प्रतियोगिता आयोजना गरेकोमा प्रदेश सरकार र खेलकुद परिषदलाई धन्यवाद दिए । 

प्रतिक्रिया