काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी २४१ जना यात्रुको मृत्यु भएको विमान दुर्घटनास्थलमा पुगेका छन् ।
शुक्रबार दुर्घटनास्थलमा पुगेर करिब २० मिनेट विताएका उनले भग्नावशेषको अवलोकनसँगै स्थानीय अधिकारीहरुबाट जारी अनुसन्धान, खोज/उद्धार कार्यबारे जानकारी लिएको बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।
अहमदाबादबाट लन्डनतर्फ उडेको एक मिनेटभित्रै बिहीबार एयर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमान दुर्घटनाग्रस्त भएको थियो । विमानस्थल नजिकै रहेको चिकित्सकहरुको आवासीय क्षेत्रमा विमान खस्दा भवनमा भएका मानिसहरु समेत गम्भीर घाइते भएका थिए ।
विमानमा सवारमध्ये एक जना यात्रु मात्र बाँच्न सफल भएका थिए । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया