ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

महिला टी–२० विश्वकप: नेपाल ग्लोबल क्वालिफायरमा

सोमबार ०५, जेठ २०८२ ०३:१२

काठमाडौँ । नेपाल आईसीसी टी–२० महिला विश्वकपको ग्लोबल क्वालिफायरमा छनोट भएको छ । थाइल्याण्डको बैंककमा जारी एसिया क्षेत्र छनोटअन्तर्गत सुपर थ्रीमा संयुक्त अरब इमिरेट्स यूएईलाई हराउँदै नेपाल एक खेल अगावै ग्लोबल क्वालिफायरमा छनोट भएको हो । 

बैंककस्थित टर्डथाई क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्दै यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९ दशमलव ३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालका लागि कप्तान इन्दू वर्माले अविजित सर्वाधिक ३० रन बनाइन् । यस्तै रुविना क्षेत्रीले २३ रन बनाउँदा सम्झना खड्काले २१ रन बनाइन् ।

त्यसअघि पहिले ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११४ रन बनाएको थियो । नेपालका लागि मनिषा उपाध्याले सर्वाधिक चार विकेट लिइन् । यस्तै कविता कुँवर दुई र राजमती ऐरीले एक विकेट लिए ।

प्रतिक्रिया