धनगढी । खगराज भट्ट पुनः माओवादी केन्द्र सुदूरपश्चिम संसदीय दलको नेता बनेका छन् । सुरुमा भट्ट नै संसदीय दलको नेता थिए । तर, २०८० माघ १२ मा बहुमत प्रदेश सांसदले निर्णय गरी भट्टलाई संसदीय दलको नेताबाट हटाएका थिए ।
भट्टलाई हटाएर मानबहादुर धामीलाई संसदीय दलको नेता चयन गरिएको थियो । त्यसयता पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक-पटक भट्टलाई संसदीय दलको नेता बनाउन निर्देशन दिएका थिए । तर, प्रचण्डको पटक-पटकको निर्देशन पनि लामो समयसमयम कार्यान्वयन भएको थिएन ।
तर, बिहीबार बसेको संसदीय दलको बैठकले सर्वसम्मत रूपमा भट्टलाई संसदीय दलको नेता चयन गरेको हो ।
बैठकमा प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू अग्निप्रसाद सापकोटा र नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङलगायतका नेताहरू सहभागी थिए ।
प्रतिक्रिया