ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

भारतमा आतंकवादी आक्रमणमा एक नेपालीसहित २७ जना मारिए

बुधबार १०, बैशाख २०८२ १०:५०

जम्मू–कश्मीर । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि आतंकवादीले गरेको आक्रमणमा मारिनेको संख्या २७ पुगेको छ । घटना बेसारन घाँटीको क्षेत्रमा मंगलबार दिउँसो ३ बजे भएको थियो ।

हालसम्म मारिने २७ जनामध्ये एक नेपालीसहित १७ जनाको नाम पुष्टि भएको छ । नेपालका सुदीप न्यौपानेको उक्त आक्रमणमा परी मृत्यु भएको हो । 

आक्रमणको जिम्मेवारी लश्कर–ए–तैयबाको विङ्ग द रजिस्टेन्ट फ्रन्ट अर्थात् टीआरएफले लिएको छ । मारिनेमा उत्तरप्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडू र ओडिशाका पर्यटक रहेका छन् ।

प्रतिक्रिया