डडेलधुरा । एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेलधुरामा दिउँसोसम्म मतदान शान्तिपूर्ण रूपमा जारी रहेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदानमा अपराह्न ३ बजेसम्म ४०।१३ प्रतिशत मत खसेको हो।
मुख्य निर्वाचन अधिकृत अरुणकुमार कोइरालाका अनुसार जिल्लामा रहेका ९३ हजार ४ सय ३ मतदातामध्ये हालसम्म ३७ हजार ५ सय ३९ जनाले मतदान गरिसकेका छन्। महिला १९ हजार ९ सय ४ र पुरुष १७ हजार ६ सय ३५ ले मतदान गरे।
जिल्लाभरका मतदान केन्द्रमा मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको प्रशासनले जनाएको छ ।
प्रतिक्रिया