ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका १७ लाख बढी मतदाताका लागि तयार पारिए मतदान केन्द्र

बुधबार २०, फागुन २०८२ ०७:४५

धनगढी । सुदूरपश्चिम प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा बिहीबार हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेशभरिका एक हजार एक सय ७६ मतदानस्थलमा दुई हजार एक सय ९९ मतदान केन्द्र तयार पारिएको छ । प्रदेशमा १७ लाख १६ हजार छ सय ६० मतदाता छन् ।

सबै मतदान केन्द्रमा बुथ निर्माणको काम सकिएको छ । मतदान प्रक्रियालाई सहज र मैत्रीपूर्ण बनाउन महिला र पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ । अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका लागि सहज रुपमा मतदान गर्ने व्यवस्था गरिएको छ ।

सुरक्षा संवेदनशीलताका हिसाबले मतदान स्थल र केन्द्रहरूलाई वर्गीकरण गरिएको छ । जसअनुसार ४८१ मतदान स्थल र ९८५ मतदान केन्द्रलाई ’अति संवेदनशील’ सूचीमा राखिएको छ भने ३९५ मतदान स्थललाई ’संवेदनशील’ मानिएको छ। सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रतिक्रिया