ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली ४ को उम्मेदवार चयनमा सभापति बलायरको संलग्नता छैन : सचिवालय

बुधबार ०७, माघ २०८२ ०१:३५

धनगढी । नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका सभापति बीरबहादुर बलायरको सचिवालयले कैलाली क्षेत्र नम्बर ४ मा पार्टीको उम्मेदवार चयनमा प्रदेश सभापति बलायरको कुनै भूमिका र सरसल्लाह नरहेको जनाएको छ । सचिवालय विज्ञप्ति जारी गर्दै संसदीय बोर्डले उम्मेदवार चयन गरेको र उम्मेदवार चयनमा सभापति बलायरसँग कुनै सरसल्लाह नरहेको प्रष्ट पारेको छ ।

बलायरको सचिवालयका सचिव सुरत रावत डोटेली कान्छाले सभापति बलायरसँगको सल्लाहमा कैलाली ४ को टीकट वितरण गरिएको भन्ने आरोप निराधार रहेको बताए । विभिन्न माध्यममा टीकट वितरणका सम्बन्धमा सभापति बलायरमाथि लगाइएका आरोपमा सत्यता नरहेको रावतले बताए । 

सचिवालयले संसदीय बोर्डले गरेको निर्णयअनुसार प्रतिनिधि सभा सदस्य उम्मेदवार बलायरले अस्वीकार गरेको कुरा यथार्थ रहेको बताएको छ । सभापति बलायरले पार्टीको आन्तरिक जीवनमा आएको अफ्ठेरोकाबिच एकतावद्ध भएर पार्टीका उम्मेदवारलाई जिताउन आव्हान गरेको सचिवालयले उल्लेख गरेको छ । काँग्रेसले कैलाली ४ मा क्षेत्रीय कमिटीको सिफारिसभन्दा बाहिर गएर गोरखबहादुर बिस्टलाई उम्मेद्वार बनाएपछि काँग्रेसभित्रै असन्तुष्टि देखिएको छ ।

प्रतिक्रिया