ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली- ५ बाट चुनाव लड्दै आले, नेकपाले दियो टिकट

शनिबार ०३, माघ २०८२ ०६:५७

कैलाली । प्रेम आले यसपटक कैलाली- ५ बाट निर्वाचन लड्ने भएका छन्  । नेकपा एमाले हुँदै नेकपा एकीकृत समाजवादी बनेका आले यसपटक नेपाली कम्युनिस्ट पार्टी नेकपाबाट निर्वाचन लड्ने भएका हुन् ।

संविधानसभा निर्वाचन २०७० मा डोटी संविधानसभा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएर संसदीय यात्रा सुरु गरेका आलेले २०७४ को प्रतिनिधिसभामा डोटीबाटै निर्वाचित भएका थिए । अघिल्लो चुनाव पनि उनी डोटीबाटै विजयी भएका थिए ।

नेकपा एकीकृत समाजवादीमा हुँदा अध्यक्ष माधवकुमार नेपालसँग तीव्र असन्तुष्टि जनाएर निष्क्रिय रहेका प्रेम आलेलाई आज नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले टिकट दिएका हुन् ।

प्रतिक्रिया