ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका पहाडी जिल्लामा निर्वाचन प्रहरीमा आवेदन संख्या नै पुगेन, तराइँमा माग भन्दा बढि आवेदन

शुक्रबार ०२, माघ २०८२ १०:४४

धनगढी । सुदूरपश्चिमका पाँच जिल्लाहरु अछाम, डोटी, बझाङ, डडेल्धुरा र बैतडीमा निर्वाचन प्रहरीका लागि माग गरिएको संख्याभन्दा कम संख्यामा आवेदन परेको छ । तर तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरमा भने माग गरिएको भन्दा बढि मात्रामा आवेदन परेको छ । 

सम्बन्धित जिल्लाका जिल्ला प्रहरी कार्यालयहरुमार्फत अछाममा माग गरिएको भन्दा एक सय ७६ जना कम, डोटीमा ९० जना कम, बझाङमा ३८, डडेल्धुरामा एक सय ३७ जना र बैतडीमा माग गरिएको भन्दा २५९ जना कम संख्यामा आवेदन परेको छ । अछाममा एक हजार ४६३, डोटीमा एक हजार ४०, बझाङमा एक हजार ४८४, डडेल्धुरामा ९ सय ४४ र बैतडीमा एक हजार २७९ जना निर्वाचन प्रहरीका लागि आवेदन माग गरिएको थियो । 

यता, कैलालीमा तीन हजार ५७६ जना माग गरिएकोमा पाँच हजार १५१ जना र कञ्चनपुरमा दुई हजार ३५ जनाको आवेदन परेकोमा दुई हजार ९०६ जनाको आवेदन परेको छ । पहाडी जिल्लाहरु बाजुरा र दार्चुलामा पनि माग गरिएको संख्या भन्दा बढि संख्यामा आवेदन परेको छ । 

सुदूरपश्चिममा निर्वाचन प्रहरीका लागि समग्रमा माग गरिएको संख्या भन्दा तीन हजारभन्दा बढिको आवेदन परेको छ । सुदूरपश्चिमका नौ वटै जिल्लामा गरि १३ हजार ६६९ जना निर्वाचन प्रहरी माग गरिएकोमा बिहीबारसम्म १६ हजार १९३ जनाको आवेदन परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 
 

प्रतिक्रिया