ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडी जिप दुर्घटना : यी हुन् मृतक

सोमबार २८, पुष २०८२ १२:२०

धनगढी । बैतडी जिप दुर्घटनामा मृत्यु भएका तीन जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार घटनास्थलमै मृत्यु भएका तीनमध्ये दुई जना बैतडी र एक जना डडेल्धुराका छन् । 

प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले मृत्यु हुनेमा सिगास गाउँपालिका– १ बस्ने २४ वर्षीय निसान्त बोहरा, सोही ठाउँका २८ वर्षीय भानदेव भट्ट र डडेल्धुराको आलिताल गाउँपालिका– ३ बस्ने १३ वर्षका राकेश रावल रहेको जानकारी दिए ।

दुर्घटनाका घाइते छ जनालाई डडेल्धुरा अस्पताल पठाइएको छ ।

सुर्नया गाउँपालिका–६ को मोतिनगरबाट डडेल्धुरातर्फ आउँदै गरेको म १ ज २२४ नम्बरको जिप आज विहान जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ स्थित साढीघाँटीमा दुर्घटना भएको थियो । 

प्रतिक्रिया