ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम कांग्रेसका छ जिल्ला सभापतिहरुले भने– विशेष महाधिवेशनमा सहभागी नहुनू

शुक्रबार २५, पुष २०८२ ०८:५४

धनगढी । नेपाली कांग्रेसका ६ जिल्ला सभापतिहरुले विशेष महाधिवेशनमा सहभागी नहुन अपिल गरेका छन् ।  विधानविपरीत विशेष महाधिवेशन बोलाइएको भन्दै उनीहरुले त्यस्ता गतिविधिमा सहभागी नहुन अपिल गरेका छन् ।

कैलाली सभापति नारायणदत्त भट्ट, कञ्चनपुर सभापति पदम बोगटी, बझाङ जिल्ला सभापति खडकबहादुर बोहरा, डोटी सभापति नरेन्द्रबहादुर सिंह, डडेलधुरा सभापति भिमबहादुर साउँद र अछाम सभापति पुष्पबहादुर शाहले संयुक्त विज्ञप्ति जारी गर्दै विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधि पार्टीको विधानविपरीत हुने हुँदा त्यस्ता गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी एवं सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, भातृ एवं शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिका पदाधिकारी एवं सदस्यलाई आग्रह गरेका छन् ।

कुनै पनि तहको अधिवेशन वा विशेष अधिवेशन बोलाउने अधिकार व्यक्तिगत रुपमा कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केबल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको भन्दै उनीहरुले अहिले हुन लागेको विशेष महाधिवेशनलाई विधान विपरीत भनेका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेका छन् ।

प्रतिक्रिया