ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुर– २ बाट चुनाव लड्दै रविका विश्वासपात्र बोहरा, १ र ३ बाट धामी र महता सिफारिस

बिहिबार २४, पुष २०८२ ११:४३

धनगढी । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरका तीनै वटै क्षेत्रीय समितिले सर्वसम्मत उम्मेदवार सिफारिस गरेका छन् । तीन वटै निर्वाचन क्षेत्रबाट सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको हो । 

रास्वपा कञ्चनपुरका अनुसार क्षेत्र नम्बर १ बाट जनकसिंह धामी २ बाट दीपक बोहरा र ३ बाट ज्ञानेन्द्रसिंह महताको नाम सर्वसम्मत सिफारिस गरिएको छ । 

कञ्चनपुर– २ बाट सिफारिस गरिएका बोहरा सचिवालय सदस्य हुन् । रास्वपा सभापति रवि लामिछानेका विशेष सहयोगी रहेका उनले रवि टेलिभिजनमा हुँदा कार्यक्रम उत्पादनमा सहयोग गर्दै आएका थिए । बोहराले केही दिनदेखि सो क्षेत्रमा निर्वाचन लक्षित गतिविधि बढाएका छन् । ‘कञ्चनपुर– २ बाट रास्वपा उम्मेदवारका रुपमा मलाई सर्वसम्मत सिफारिस गर्नुभएकोमा आभारी छु,’ सामाजिक सञ्जालमा बोहराले लेखेका छन्, ‘म पार्टी पंक्तिको यो विश्वास धर्मराउन दिने छैन । अन्य आकांक्षी घण्टीमित्रहरूको त्यागको उच्च सम्मान गर्नेछु र उहाँहरूको न्यायको पक्षमा सधैं उभिनेछु ।’ उनी सिफारिस भएको क्षेत्रबाट अघिल्लो निर्वाचनमा कांग्रेस नेता एनपी साउँद विजयी भएका थिए । 

यस्तै, कञ्चनपुर– ३ बाट सिफारिस भएका महता पत्रकारिता छाडेर रास्वपाको राजनीतिमा सक्रिय भएका हुन् । रास्वपा सुदूरपश्चिम प्रदेशका पूर्वइन्चार्जसमेत रहेका महता विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागका केन्द्रीय सचिव छन् । 

कञ्चनपुर– १ बाट सिफारिस भएका धामी रास्वपा अभियान तथा तथा प्रचार विभागमा केन्द्रीय सदस्य छन् । 

प्रतिक्रिया