नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले यही पुस २७–२८ मा विशेष महाधिवेशन आह्वान गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै उनीहरूले विशेष महाधिवेशन आह्वानको घोषणा गरेका हुन् ।
कांग्रेस संस्थापनले आगामी वर्षको जेठ मसान्तमा महाधिवेशन गर्ने तालिका केन्द्रीय कार्यसम्पादन समितिबाट पारित गरिसकेको छ । तर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन यही पुसभित्रै गर्ने अडान लिएका छन् ।
प्रतिक्रिया