काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि नौ जना उम्मेदवार टुंगो लगाएको छ । कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच चुनावी तालमेलका लागि छलफल जारी रहेका बेला कांग्रेसले नामावली सार्वजनिक गरेको हो ।
कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेश प्रदेशबाट धर्मेन्द्र पासवान र रन्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना, लुम्बिनी प्रदेशबाट बासुदेव घिमिरे जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितजंग शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खाती उम्मेदवार रहेका छन् ।
माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ ।
प्रतिक्रिया