ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमबाट कांग्रेसले पूर्वमहान्यायाधीवक्ता खातीलाई राष्ट्रियसभामा उम्मेदवार बनाउने चर्चा

बुधबार २३, पुष २०८२ ११:०३

धनगढी । नेपाली कांग्रेसले राष्ट्रियसभाको लागि उम्मेदवार छान्न समय लगाउने भएको छ ।

मुख्य दलहरूबीच बाँडफाँड भएको सिटको आधारमा पार्टीभित्रको गुटको व्यवस्थापन गर्नुपर्ने भएकाले कांग्रेसलाई समय लाग्ने देखिएको हो । 

यद्यपी सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती उम्मेदवार रहने चर्चा छ । पूर्वमहान्यायाधीवक्तासमेत रहेका खातीलाई राष्ट्रियसभामा लैजान सभापति शेरबहादुर देउवा सकारात्मक छन् ।

राष्ट्रियसभामा संविधानका जानकार राधेश्याम अधिकारी सदस्य रहँदा संवैधानिक अडचनमा कांग्रेसलाई सजिलो भएको थियो । त्यसपछिका कांग्रेसका सदस्यहरूले कानुनी रूपमा गतिलो प्रस्तुति दिन नसकेको भन्दै कानुनका जानकारका रूपमा खातीलाई राष्ट्रियसभामा लैजान खोजेको हो ।

प्रतिक्रिया