ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

ट्राफिक सचेतनामा योगदान गरेका ट्राफिक प्रहरी जोशी सम्मानित

मङ्गलबार २२, पुष २०८२ ०४:४९

धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत सहायक हवल्दार हेमराज जोशी उत्कृष्ट रूपमा जिम्मेवारी निर्वाह गरेको भन्दै चैतन्य पाठशालाद्वारा सम्मानित भएका छन् । ट्राफिक व्यवस्थापन, सडक सुरक्षा तथा विद्यार्थी लक्षित सचेतनामूलक गतिविधिमा उल्लेखनीय योगदान पुर्‍याएको कदर गर्दै सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई सम्मानपत्र हस्तान्तरण गरे । 

सम्मान कार्यक्रममा प्रदेश प्रमुख मियाँले सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यातायातका लागि ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै जिम्मेवार प्रहरी कर्मचारीहरूको सेवाभावले समाजमा सकारात्मक प्रभाव पार्ने बताए ।

सम्मानित सहायक हवल्दार जोशीले प्राप्त सम्मानले थप उत्साह र जिम्मेवारी बढाएको प्रतिक्रिया दिँदै आगामी दिनमा पनि ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

चैतन्य पाठशालाले शिक्षा संस्थामार्फत विद्यार्थीहरूलाई ट्राफिक नियमप्रति सचेत गराउँदै सुरक्षित समाज निर्माणमा योगदान पुर्‍याउने उद्देश्यले यस्ता सम्मान कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया