काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी डा. आरजु राणा देउवा दिल्ली प्रस्थान गरेकी छन् ।
कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वपरराष्ट्रमन्त्रीसमेत रहकी राणा सोमबार दिउँसो २ बजे काठमाडौँबाट दिल्ली प्रस्थान गरेको देउवाको सचिवालयले जानकारी दिएको छ ।
उनी भारतमा फलोअप उपचारका लागि गएको स्रोत बताउँछ । आरजुले भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा २०७९ साउनमा शल्यक्रिया गरेकी थिइन् ।
फलोअप उपचारका लागि भनिए पनि दिल्लीमा रहँदा उनले सुरक्षा अधिकारी र राजनीति नेतृत्वसँग भेटवार्ता गर्ने प्रयास गर्ने कांग्रेस नेताहरू बताउँछन् ।
प्रतिक्रिया