बाजुरा । नेकपा एमाले बाजुराले प्रतिनिधिसभा निर्वाचनका लागि ११ जनाको नाम प्रदेशमा सिफारिस गरेको छ ।
पार्टीको आन्तरिक छलफल तथा जिल्ला कमिटीमार्फत प्रदेशमा नाम सिफारिस गरिएको एमाले बाजुराले जनाएको छ ।
सिफारिस गरिएकाहरुमा कर्णबहादुर थापा, लालबहादुर थापा, सहदेव बोगटी, नरेश रोकाया, कालीबहादुर शाही, दयालबहादुर शाही, राधिका बोहरा, बसुन्धरा रोकाया, लोकेन्द्र शाही, काशीबहादुर बिक र रामलाल कार्की रहेका छन् ।
प्रतिक्रिया