बझाङ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि नेकपा एमाले बझाङले तीन जनाको नाम सिफारिस गरेको छ ।
पार्टीको छैटौँ पूर्ण बैठकले केन्द्रीय सदस्य ऐन महरसहित तीन जनालाई उम्मेदवार सिफारिस गरेको हो । महरसंगै मोहनराज जोशी र धनलक्ष्मी खत्रीको नाम सिफारिस गरिएको हो ।
सिफारिस सूचीअनुसार केन्द्रीय सदस्य महर पहिलो नम्बरमा छन् । यस्तै, जिल्ला कमिटीका पूर्वउपाध्यक्ष तथा अहिलेका सदस्य जोशी र प्रदेश कमिटी सदस्य धनलक्ष्मी खत्री दोस्रो र तेस्रो नम्बरमा छन् ।
महर ०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एकीकृत समाजवादीका भानुभक्त जोशीसँग पराजित भएका थिए ।
प्रतिक्रिया