ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

ग्लोबल बैंकले गर्‍यो धनगढीमा रक्तदान कार्यक्रम, ५१ पिन्ट रगत संकलन

शुक्रबार १८, पुष २०८२ ०४:२९

धनगढी । ग्लोबल आइएमइ बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा धनगढीमा आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत आयोजना गरिएको उक्त कार्यक्रममा ५१ पिन्ट रगत संकलन गरिएको बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख महेश सिलवालले जानकारी दिए । 

कार्यक्रममा बैंकका कर्मचारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो । रक्तदानजस्तो मानवीय तथा जीवनरक्षक कार्यमार्फत समुदायप्रति उत्तरदायी भूमिका निर्वाह गर्न पाएकोमा बैंक परिवार गौरवान्वित रहेको प्रदेश प्रमुख सिलवालले बताए । उनले यस्ता कार्यक्रमले आपतकालीन अवस्थामा रगतको अभाव झेलिरहेका बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । 

कार्यक्रमको क्रममा सहभागी रक्तदाताहरूलाई प्रमाणपत्र प्रदान गर्दै भविष्यमा पनि यस्ता सामाजिक तथा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ । रक्तसञ्चार केन्द्रसँगको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा संकलित रगत विभिन्न अस्पताल तथा उपचार केन्द्रमा आवश्यकताअनुसार प्रयोग गरिने जनाइएको छ ।

प्रतिक्रिया