ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पश्चिम तराईमा बाक्लो हुस्सु : ९ डिग्री सेल्सियसमा झर्‍यो धनगढीको न्यूनतम तापक्रम

शुक्रबार १८, पुष २०८२ १२:०५

धनगढी । पश्चिम तराईका अधिकांश स्थानमा बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन प्रभावित भएको छ । चिसोका कारण बालबालिका, ज्येष्ठ नागरिक र मजदुरहरू बढी समस्यामा परेका छन् भने स्वास्थ्यमा पनि असर देखिएको छ ।
मौसम पूर्वानुमान महाशाखाले यातायात सञ्चालन र स्वास्थ्यमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले कैलाली, कञ्चनपुरका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो छ । 
चिसो बढेका ठाउँका स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । बिहान खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो बढ्न थालेपछि बजार सम्साझैँ सुनसान हुन थालेका छन् ।
जल तथा मौसम विज्ञान विभाग क्षेत्रीय कार्यालय अत्तरियाका अनुसार सुदूरपश्चिमको मुकाम धनगढीको तापक्रम पनि निरन्तर घटिरहेको छ । ९.२ डिग्री सेल्सियस न्यूनतम तापक्रम रहेको धनगढीमा आज ११.५ डिग्री सेल्सियस अधित्तम तापक्रम छ ।
 

प्रतिक्रिया