धनगढी । सुदूरपश्चिमका २९ जना पीडित मानवअधिकार रक्षकलाई इन्सेकले आर्थिक सहायता गरेको छ ।
१० हजारको दरले आर्थिक सहायता गरिएको इन्सेक सुदूरपश्चिमले जनाएको छ ।
आर्थिक सहयोग गरिकामध्ये १० जना बलात्कारका पीडित छन् भने अन्य घरेलु हिंसालगायतका पीडित रहेका छन् ।
इन्सेकले मानअधिकार रक्षक सहायता समितिको सिफारिसमा सहायता प्रदान गरेको समितिका संयोजक देवी खनालले बताए । समितिमा धनगढीस्थित विभिन्न नागरिक संस्थाका प्रतिनिधि सदस्य रहेका छन् ।
प्रतिक्रिया