ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका १० जना नेकपाको समानुपातिक सूचीमा, चार जिल्लाबाट कोही परेनन्

बुधबार १६, पुष २०८२ ०१:५७

धनगढी । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सुदूरपश्चिमका १० जनालाई समानुपातिक उम्मेदवार बनाएको छ । नेकपाले प्रदेशका पाँच जिल्लाबाट १० जनालाई समानुपातिकको बन्दसूचीमा समावेश गरेको हो । 

उक्त पार्टीबाट कञ्चनपुर र कैलालीका तीन–तीन, अछामका दुई तथा बाजुरा र डोटीबाट एक–एक जना समानुपातिक सूचीमा समावेश छन् । 

कैलालीबाट प्रेम बयक, कमला ज्ञवाली र गणेश बिक तथा कञ्चनपुरबाट निराशा चौधरी, बीरबहादुर बुढाथोकी र रामअवतार थारु रानाको नाम समानुपातिक सूचीमा छ । 

यस्तै, अछामबाट निर्मला साउँद, भीमबहादुर भण्डारी, बाजुराबाट विनिता बिक र डोटीबाट अञ्जिता श्रेष्ठको नाम पनि नेकपाको सूचीमा अटाएको छ । डडेल्धुरा, दार्चुला, बैतडी र बझाङबाट भने सूचीमा कोही पनि परेका छैनन् । 

प्रतिक्रिया