ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम प्रदेश सभाको अंक गणित फेरियो, नेकपा ठूलो दल

मङ्गलबार १५, पुष २०८२ १०:३५

धनगढी । सुदूरपश्चिम प्रदेश सभामा दलहरुको अंक गणित फेरिएको छ । नेपाली कम्युनिष्ट पार्टी सबैभन्दा ठूलो दल भएको छ ।

सोमबार नेकपासँग नागरिक उन्मुक्ति पार्टीको एकता भएपछि २० सांसदसहित नेकपा पहिलो दल बनेको हो । साविकका नेकपा माओवादी, एकीकृत समाजवादीबीच यसअघि नै एकता हुँदा दोस्रो ठूलो दल बनेको थियो । 

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा यसअघि १८ सांसद रहेको नेपाली कांग्रेस सबैभन्दा ठूलो दल थियो । सभामुख बाहेक १० सांसद रहेको नेकपा माओवादी र चार सांसद रहेको एकीकृत समाजवादीबीच यसअघि नै एकता भएपछि १३ सांसद (एक जना निलम्बन) सहित दोस्रो ठूलो दल बनेको थियो । सोमबार सात सांसद रहेको नागरिक उन्मुक्ति पनि नेपाली कम्युनिष्ट पार्टीमै समाहित भएपछि अब सो पार्टीका २० सांसद भएका छन् । 

सुदूरपश्चिममा हाल एमालेको साझेदारीमा नेपाली कांग्रेस नेतृत्वको सरकार छ । एमालेका ११ सांसद छन् । प्रदेश सभामा एक जना राप्रपा र एक जना स्वतन्त्र सांसद (हाल रास्वपा) का सांसद छन् । 

प्रतिक्रिया