ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

एमालेले वास्ता नगरेपछि नेकपामा मिसिइन रञ्जिता

मङ्गलबार १५, पुष २०८२ ०७:३०

धनगढी । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले नगारिक उन्मुक्ति पार्टी (नाउपा) लाई नेकपा एमालेसँग मिलाउन चाहेकी थिइन् । तर एमाले अध्यक्ष केपी शर्मा ओलीले वास्ता नगरेपछि उनले सोमबार अबेर नाउपालाई नेकपासँग समाहित गर्दै पार्टी एकीकरण गरेकी छन् ।

श्रेष्ठले सोमबार दिउँसोसम्म पनि एमाले अध्यक्षको प्रतिक्रियाको पर्खाइमा थिइन् । तर एमालेबाट कुनै जवाफ नआएपछि नेकपातर्फ बाटो मोडेकी थिइन् ।  नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच एकताका क्रममा नाउपाका तर्फबाट अध्यक्ष रञ्जिता श्रेष्ठ र नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट संयोजक प्रचण्ड र सहसंयोजक माधव कुमार नेपालले हस्ताक्ष गरेका थिए ।  

समानुपातिकतर्फका उम्मेदवारको सूचि निर्वाचन आयोगमा बुझाउनु पर्ने  अन्तिम घडीमा नाउपा अध्यक्ष श्रेष्ठ नाउपालाई नेपाली कम्युनिष्ट पार्टीमा समाहित गर्न तयार भएकी हुन् ।

पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी, चुनाब चिन्ह तारा मान्ने सहमति भएको छ । दुबै पार्टीका तिनै तहका जनप्रतिनिधि नेकपाका हुने सहमतिमा उल्लेख छ ।

नाउपाको तर्फबाट अध्यक्ष रन्जिता श्रेष्ठ नेकपाको तर्फबाट संयोजक पुस्पकम दाहल र सहसंयोजक माधव कुमार नेपालले हस्ताक्षर गरेका छन् ।
 

प्रतिक्रिया