कञ्चनपुर । कञ्चनपुरको नर्वास नगरपालिका–६ मा बाघको आक्रमणमा परेर एक बृद्धाको मृत्यु भएको छ ।
भारतको दुधुवा नेसनल पार्कमा घाँस–दाउरा लिन गएकी ७० वर्षीया सुना निरौलाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका इन्चार्ज लोकेन्द्रसिंह कार्कीका अनुसार शनिबार घाँस–दाउरा लिन जङ्गल गएकी बृद्धा साँझसम्म नफर्किएपछि स्थानीयसहित प्रहरी, आफन्तले खोजतलास गरेका थिए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीसमेत खोजीकार्य गर्ने क्रममा आइतबार जङ्गलमा वृद्धाको शव भेटिएको छ । घटनाबारे आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउनुका साथै प्रहरीले स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ । केही वर्ष अगाडि पनि दुधुवा नेसनल पार्कमा घाँस काट्न गएकी पुनर्वास नगरपालिकाकी एक महिलाको बाघले ज्यान लिएको थियो ।
प्रतिक्रिया