धनगढी । नेकपा (एमाले) कैलालीले प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारका लागि ५४ जनाको नाम सिफारिस गरेको छ । जिल्ला कमिटीले समानुपातिक उम्मेदवार बन्न इच्छुक ५४ जनाको नाम केन्द्रमा सिफारिस गरेको हो । महासचिवको निर्देशनअनुसार समानुपातिकतर्फ उम्मेदवार सिफारिस गरिएको एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुंगानाले जानकारी दिए ।
सार्वजनिक सूचीअनुसार खसआर्य पुरुषतर्फ हरिशंकर योगी, खेमराज पाण्डे, जोगीसिंह बिष्ट, तपेन्द्र रावल, मनराज शाही, हरिसिंह साउँद, चक्र बोहरा, पदम सिंङाल, कृष्णप्रसाद मिश्र, टीका नाथ, भवानी गिरी, खडक साउँद, नन्दराज बजगाई, खडक भण्डारी, खन्टे खत्री, चिन्तामणी ढकाल र लिलाराज शाहीको नाम सिफारिस गरिएको छ ।
खसआर्यकै महिलातर्फ कमला ओली, पवित्रा तिमिल्सेना, भागरथी बिष्ट, रुकमणी देवकोटा, लोग्शरी कुँवर, सानु साउँद, लक्ष्मी केसी, सावित्रा घिमिरे, करुणा बम बटला, सावित्रा सापकोटा, रमा आचार्य र कमला केसीको नाम सिफारिस गरिएको एमाले कैलालीले जनाएको छ । यस्तै, दलिततर्फ मोती मिजार, गोरेबहादुर बिक, भानसिंह बिक, रतन शिलाधर, बाले कामी, उज्जीर सुनार, कर्ण सुनार, धनवीर कामी, सावित्रा घिमिरे र पवित्रा ताम्राकारको नाम सिफारिस गरिएको छ ।
यस्तै, आदिवासी, जनजाती, थारु र रानाथारुको क्लस्टरमा होरीलाल चौधरी, चुलराम चौधरी, रामप्रसाद चौधरी, विष्णु चौधरी, तुल्सी चौधरी, इच्छा चौधरी, कमला शाही थारु, बसन्ती चौधरी, झुमा चौधरी, अन्चला चौधरी, सुकदैया चौधरी, गीता चौधरी र सरिता रानाको नाम सिफारिस गरिएको छ । यस्तै, अपाङगतातर्फ रामचन्द्र जोशी र यज्ञराज कापडीको नाम सिफारिस गरिएको कैलाली एमालेले जनाएको छ ।
प्रतिक्रिया