धनगढी । प्रेस सेन्टर नेपालका केन्द्रीय उपमहासचिव हर्कसिंह प्रपाला हरिशलाई नेपाली कम्युनिष्ट पार्टी कैलालीले प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर ५ बाट समानुपातिक उम्मेदवारमा सिफारिस गरेको छ । प्रपालालाई अल्पसंख्यक तथा लोपउन्मुख क्लष्टरबाट उम्मेदवार सिफारिस गरिएको हो ।
नेकपा कैलालीले जिल्लाका सबै क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिकमा आकांक्षा राख्नेहरुको नाम टुङ्ग्याउदै केन्द्रमा सिफारिस गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुले उम्मेदवार छनौट र सिफारिसको कार्य धमाधम गर्दै आएका छन् । समानुपातिकमा सिफारिसपछि प्रपालाले आफनो पार्टीप्रतिको त्यागलाई मुल्याकंन गरेर सिफारिस गरेकोमा खुशी व्यक्त गरे ।
करिब दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय प्रपालाले करिब १७ वर्षदेखि एभिन्युज टेलिभिजन सुदूरपश्चिम ब्युरोमा कार्यरत छन् । उनी तत्कालीन नेकपा माओवादी केन्द्रको सुभेच्छुक संगठन प्रेस सेन्टर कैलालीका पूर्वअध्यक्ष समेत हुन् ।
प्रतिक्रिया