ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा बसको ठक्करबाट वृद्ध महिलाको मृत्यु

आइतबार १३, पुष २०८२ ०९:५६

धनगढी । कैलालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जानकी गाउँपालिका- २ बस्ने ८२ वर्षीया तारादेवी पाठकको मृत्यु भएको हो ।

गौरीगंगा नगरपालिका- २ झिलस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सुपप्र ०२-००१ ख १३७३ नम्बरको महाकाली यातायातको बसले पैदलयात्री पाठकलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी उनको नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्युु भएको हो ।

प्रतिक्रिया