ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली– ५ बाट नेकपाले गर्‍यो रावल, जोशी र भट्टको नाम पनि सिफारिस, अन्य क्षेत्रबाट को–को ?

शनिबार १२, पुष २०८२ ०१:०६

कैलाली ।  कैलालीका पाँच वटै निर्वाचन क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट जिल्ला हुँदै केन्द्रमा नाम सिफारिस गरिएको हो । कतिपय क्षेत्रबाट पठाइएका सूचीमा जिल्लाले नाम थप्दै केन्द्रलाई सिफारिस गरेको छ । नेकपाका नेता भीम रावलको नाम जिल्लाका दुई वटा निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ ।

कैलालीका– २ र ५ नम्बर क्षेत्रबाट रावलको नाम सिफारिस गरिएको हो । यसअघि ५ नम्बर क्षेत्रबाट निर्मल शाह, प्रेम बिसी, ओमप्रकाश पुन, सुशीला बुढाथोकी र मनोज पुनमगरको नाम मात्रै जिल्लालाई सिफारिस भएको थियो । तर, केन्द्रमा सिफारिस गर्दा नेता रावलसहित सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट र नेकपाका अर्का नेता भानुभक्त जोशीको नाम पनि सिफारिस गरिएको छ । रावलको गृहजिल्ला अछाम हो भने भट्टको डोटी र जोशीको बझाङ हो । 

नेकपाका नेता कृष्णराज सुवेदीको अध्यक्षमा बसेको जिल्ला कार्यदलको बैठकले केन्द्रलाई इच्छुक उम्मेदवारको नाम सिफारिस गर्ने निर्णय गरेको बताइएको छ । नेता सुवेदीले क्षेत्रीय कमिटीबाट आएका नामहरू केही संशोधन गर्दै केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए । 

कैलाली क्षेत्र नम्बर १ बाट नेपबहादुर चौधरी, हरि ज्ञवाली, भैरव रावल, सुरेन्द्र देउकर, प्रेम साउद, बालकृष्ण चौधरी, ललित थापा, तपेन्द्र शाह र सरस्वती शाहको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ बाट डा. भीम रावल, लालबहादुर सोडारी, कर्णप्रसाद जैशी, नन्दबहादुर साउद, शिवराज सञ्जाल र बसन्ती डगौरा, क्षेत्र नम्बर ३ बाट विरभान चौधरी, लाजुराम चौधरी, प्रकाश मिश्र, विपिन आचार्य, कमलप्रसाद चौधरी, विनीता चौधरी र वीरेन्द्र जिसीको नाम सिफारिस गरिएको छ । 

क्षेत्र नम्बर ४ बाट हरिराम चौधरी उत्सव, दीर्घ सोडारी, उद्धव भट्टराई, कृष्णराज सुबेदी, मीनराज बडू, लक्ष्मण कुँवर, लक्षीराम आचार्य, बमबहादुर बिक र चुनकुमारी चौधरी तथा निर्वाचन क्षेत्र नम्बर ५ बाट डा. भीम रावल, भानुभक्त जोशी, त्रिलोचन भट्ट, नरबहादुर शाह (निर्मल), ओमप्रकाश पुन, प्रेम बिसी, सुरेन्द्र यादव, डिएल भण्डारी, सुशीला बुढाथोकी, लक्ष्मी चौधरी विनाडी र मनोज पुन मगरको नाम सिफारिस गरिएको छ । 

प्रतिक्रिया