काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको प्राथमिकता निर्वाचन नै रहेको बताएका छन् ।
शुक्रबार सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलसँगको भेटमा सभापति देउवाले यस्तो बताएका हुन् ।
‘नेपाली कांग्रेसको प्राथमिकता प्रतिनिधिसभा पुनर्स्थापनाभन्दा पनि चुनाव नै हो,’ देउवाले भनेका थिए । मन्त्री खरेलले सरकारले स्वच्छ, भयरहित र निष्पक्ष निर्वाचन गराउन कुनै कसर बाँकी नराख्ने भन्दै दलहरूले पनि निर्वाचनको वातावरण बनाउन पहल गर्नुपर्ने बताएका थिए ।
प्रतिक्रिया