धनगढी । जेनजी प्रतिनिधिहरूलाई एकजुट गर्न रक्षा बमले जिम्मेवारी पाएकी छिन् । काठमाडौंका मेयर बालेन शाहले बमलाई जिम्मेवारी दिएका हुन् ।
कैलालीको जानकी गाउँपालिकाको दुर्गौलीकी बमलाई मेयर शाहले जिम्मेवारी दिएका हुन् । बम नेपाल जेनजी फ्रन्टकी संयोजक पनि हुन् ।
बुधबार बालेनले बमसँग राजनीतिक संवाद गरेका थिए । बालेनको सचिवालयका अनुसार बमलाई जेनजी प्रतिनिधिहरुलाई बालेन सम्मिलित पार्टीमा भित्र्याउन जिम्मेवारी दिइएको छ । बमलाई बालेनले चुनावका लागि आँट्न पनि अनुरोध गरेको बताइएको छ ।
प्रतिक्रिया