कञ्चनपुर । कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार दुई जना गम्भीर घाइते भएका छन् । बुधबार साँझ नम्बर नखुलेको ट्याक्टरले ठक्कर दिँदा सुपप्र ०२–००४–प ६५८९ नम्बरको स्कुटरमा सवार दुई जना गम्भीर घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक खड्कबहादुर खत्रीका अनुसार भीमदत्त नगरपालिका –५ बनगाउ साइपन नहर नजिक विपरित दिशाबाट आउँदै गरेको नम्बर नखुलेको ट्याक्टको ठक्करबाट स्कुटरमा सवार भीमदत्त नगरपालिका–५ का २१ वर्षीय राहुल तिरुवा र १७ वर्षीय बिपना जोशी गम्भीर घाइते भएका छन् ।
ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनीहरूको महाकाली प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि कैलालीको धनगढीस्थित निर्सग अस्पतालमा उपचारका लागि लगिएको छ ।घाइते दुवैजनालाई आइसियुमा राखिएको छ ।
प्रतिक्रिया