धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशका नेतृत्व र धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालबिच भेटवार्ता भएको छ।
केही दिनयता सुदूरपश्चिमका विभिन्न जिल्ला र स्थानहरूमा पुगेर विभिन्न व्यक्तित्वहरूसँग भेटघाट गरिरहेको रास्वपाको टोलीले आज धनगढीमा मेयर हमालसँग संवाद गरेको हो।
भेटका क्रममा सुदूरपश्चिमको समग्र अवस्था, वर्तमान राजनीतिक परिस्थिति, विकासका क्रममा देखिएका चुनौतीहरू र सम्भावनाका क्षेत्रहरूबारे विस्तृत छलफल भएको प्रदेश सभापति प्रकाश विष्टले जानकारी दिए।
भेटमा रास्वपाका प्रदेश कमिटीका नेताहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया