धनगढी । सुदूरपश्चिम प्रदेशसभा सञ्चालनको तयारी गरिएको छ । गत भदौ २४ गते भएको जेनजी समूहको आन्दोलनपछि स्थगित रहेको प्रदेशसभा सञ्चालनको तयारी गरिएको हो ।
प्रदेशसभा सचिवालयले बैठक सञ्चालनका लागि तयारी थालिसकेको हो । प्रदेशसभा सञ्चालनकै लागि छलफल गर्न सभामुख भीमबहादुर भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
सोमबारका लागि बोलाएको समितिको बैठकमा बैठक सञ्चालन विषयका साथै प्रदेशसभामा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने विषयमा छलफल हुने प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए ।
प्रतिक्रिया