ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

साना किसानका पदाधिकारीलाई नेतृत्व विकास तालिम

शुक्रबार ०४, पुष २०८२ ०४:४२

धनगढी । डडेल्धुराको परशुराम नगरपालिका साना किसान समूका अध्यक्ष तथा पदाधिकारीलाई समूह व्यवस्थापन तथा नेतृत्व विकास तालिम आयोजना गरिएको छ । बहुउद्देश्यीय विकास समाज डडेल्धुराको आयोजनामा स्थानीय अधिकार परियोजनाअन्तर्गत गठन भएका साना किसान समूहलाई दुई दिने तालिम दिन लागिएको हो । 

लक्षित समुदायका स्थानिय महिला, दलित, जनजाती, आदिवासी समुदायमा गठित साना किसान समूह र समुदायका नागरिकलाई समूह व्यवस्थापन तथा नेतृत्व विकास तालिम शुक्रबारदेखि सुरु भएको स्थानिय अधिकार कार्यक्रमका परियोजना संयोजक धनबहादुर भण्डारीले बताए । आफ्नो समुदाय आफैले निर्माण गर्ने र व्यवस्थापन पनि आफैले गर्न नेतृत्व लिनुपर्ने भएकाले तालिम सञ्चालन गरएको भण्डारीले बताए । 

अन्य संघससथ र परियोजनाभन्दा फरक किसमले काम गरिरहेको बहुउद्देश्यीय विकास समाज डडेल्धुराले हाल परशुराम नगरपालिकाका चार वटा वडाका १४ समुदाय, १४ विद्यालय, मजदुर, घरायसी कार्यबोझमा रहेका घरपरिवार, वालवालिका, किसान तथा जैविक पर्यावरण र प्रकोपको क्षेत्रमा काम गरिरहेको जनाएको छ । गरिवी निवारणका लागि र घरायसी कार्यबोझ घटाउन आयआर्जनमुलक कार्यमा पनि सहयोग गर्ने परियोजना संयोजक भण्डारीले बताए ।

लक्षित समुदायको नेतृत्व उक्त समुदायबाट नै भएर विकास निर्माणका कुरामा समेत अग्रसर हुनुपर्ने गरि स्थानिय नागरिकलाई नेतृत्व विकास तालिम दिन लागिएको हो । गाउँगाउँमा नेतृत्व विकासमा टेवा दिँदै बहुउद्देश्यीय  विकास समाज डडेल्धुरा आफ्ना क्रियाकलाप गर्दै आइरहेको छ ।
 

प्रतिक्रिया