ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीबाट उम्मेदवार सिफारिसको विरोधमा उत्रिएका कांग्रेस नेताहरुको निवेदन केन्द्रीय कार्यालयमा

बिहिबार ०३, पुष २०८२ ११:५१

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिमले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ बैतडीबाट सिफारिसमा नपरेका दुई नेताको निवेदन केन्द्रमा पठाएको छ । प्रदेश कार्यसमितिले जिल्ला कार्यसमिति बैतडीको सिफारिसमा नपरेका नेताहरू उत्तरबहादुर ऐर र तेजबहादुर चन्दको निवेदन केन्द्रमा पठाएको हो । 

‘जिल्लामा अवैधानिक ढंगले आकांक्षी छनोट गरिएको भन्दै दुई जनाले प्रदेश कार्यालयमा निवेदन दिनुभएको थियो,’ प्रदेश प्रवक्ता सुरतबहादुर रावतले भने, ‘हामीले त्यो निवेदनसहित उहाँहरूको नाम केन्द्रीय कार्यालयमा पठाइदिएका हौं ।’

नेताद्वय ऐर र चन्दसहित पाँच जना आकांक्षीहरूले २० मंसिरमा विज्ञप्ति जारी गरेर जिल्ला सभापति चतुरबहादुर चन्द पक्षीय नेताहरूले एकलौटी गरेको आरोप लगाएका थिए ।

प्रदेश कार्यसमितिका अनुसार जिल्लाले बैतडीबाट प्रत्यक्षतर्फ सभापति चतुरबहादुर चन्दसँगै विष्णुदत्त जोशी र जानकी भट्टको नाम सिफारिस गरेको थियो ।

प्रतिक्रिया