ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

मानवअधिकार रक्षक कानुनको मस्यौदामा छलफल

बुधबार ०२, पुष २०८२ १०:४०

धनगढी । मानवअधिकार सम्बन्धि कानुनको मस्यौदामाथि बुधबार छलफल गरिएको छ । राष्ट्रिय मानवअधिकार आयोगद्धारा मस्यौदा तयार गरी मन्त्रिपरिषदको कार्यालयमा यसअघि नै पेश गरिएको कानुनको मस्यौदामाथि छलफल गरिएको हो । 

गैसस महासंघ सुदूरपश्चिम प्रदेश समिति, अनौपचारिक क्षेत्र इन्सेक र एडभोकेसी फोरम नेपालको आयोजनामा छलफल कार्यक्रम गरिएको हो ।  गैसस महासंघका प्रदेश अध्यक्ष देवीप्रसाद खनालको अध्यक्षतामा आयोजित कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव आमोदप्रसाद दाहाल, राष्ट्रिय मानवअधिकार आयोग सुदूरपश्चिमका निमित्त निर्देशक झंकर हादुर रावल, नेपाल बार एसोसियसन कैलालीका नाथुराम महतो लगायत विभिन्न नागरिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

एडभोकेसी फोरमका कानुन अधिकृत पुष्पबिक्रम शाहीले प्रस्तावित कानुनमा संसोधन परिमार्जनको सुझाव पत्र प्रस्तुत गरेका थिए । इन्सेकका प्रदेश संयोजक खडकराज जोशीले कार्यक्रमको सहजीकरण गरेका थिए । सहभागीहरुले प्रस्तावित मानवअधिकार कानुनका प्रबन्धहरुमा राय सुझाव पेश गरेका थिए । साथै, सुझावपत्र आयोगलाई पेश गरिएको छ । 

प्रतिक्रिया