ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

एमाले छोडेका लेखराजका भाइ गोकर्णले रोजे रास्वपा

सोमबार २९, मङि्सर २०८२ ०१:०३

धनगढी । डेढ महिनाअघि नेकपा एमाले परित्याग गरेका गोकर्ण भट्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन् । सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै उनले केही दिनमै रास्वपा प्रवेश गर्ने बताएका हुन् । 

‘नेपाली जनताको राजनीतिक पार्टीप्रति वितृष्णा भएको देख्दा मैले कुनै पनि पार्टीको सदस्यता नलिई स्वतन्त्र नागरिक भएर समाजको सेवा गर्ने मनसाय बनाएको थिए,’ भट्टले भनेका छन्, ‘तर पार्टी परित्यागपछि डेढ महिना म जस्तो प्रतक्षरुपमा आम जनतासँग जोडिएको व्यक्ति दलविहीन हुँदा आफ्ना शुभचिन्तकमाथि आइपर्ने दैनिक समस्या समाधान गर्न असम्भव हुदो रहेछ भन्ने कुराको मैले  अनुभुति गरेको छु । लामो समयसम्म मेरा शुभचिन्तकलाई अन्योलमा राख्नु हुँदैन भन्ने मनसायले २–४ दिनभित्रै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने जानकारी गराउन चाहान्छु ।’

१४ कात्तिकमा उनले एमालेभित्रको गुटबन्दी, अवसरवाद, धनवाद, डनवाद र यौनवादजस्ता प्रवृत्तिका कारण पार्टी छोडेको घोषणा गरेका थिए । उनी २०७४ सालमा माओवादी केन्द्रबाट गोदावरी नगरपालिकाको मेयरमा पराजित भएका थिए । एमाले सचिव तथा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टका भाइ रहेका उनले २०७५ सालमा एमाले र माओवादी एकीकरणपछि गोदावरी नगर कमिटी अध्यक्षको जिम्मेवारी सम्हालेका थिए । पार्टी पुरानै अवस्थामा फर्किएपछि पनि एमालेमै रहेका उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा पनि नगर प्रमुखका पराजित भएका थिए ।
 

प्रतिक्रिया