ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

कञ्चनपुरमा एकजना मृत फेला

मङ्गलबार, ०२ मङि्सर २०८२

सुनको मूल्य ३८ सय रुपैयाँ घट्यो

मङ्गलबार, ०२ मङि्सर २०८२

उस्तै रहेन झलझलिया

मङ्गलबार, ०२ मङि्सर २०८२
२४ घण्टाका ताजा अपडेट

उस्तै रहेन झलझलिया

मङ्गलबार ०२, मङि्सर २०८२ ११:४७

कैलाली । पहिले झलझलिया भन्ने बस्तीको नाम सुन्दा जनप्रतिनिधि र कर्मचारीहरू जानुअघि धेरैपटक सोच्ने गर्थे । त्यहाँ विवाद हुने, काममा अवरोध आउने र बजेटसमेत फ्रिज हुने स्थिति थियो । गतवर्ष मात्रै मन्दिर निर्माणका लागि छुट्याइएको पाँच लाख रुपैयाँ खर्च नहुँदै फ्रिज भएको थियो ।

भजनी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष जनताराम चौधरीका अनुसार झलझलियामा कुनै पनि गतिविधि गर्न खोज्दा विवाद हुँदै आएको थियो । ‘राहत वितरणसमेत नगरपालिकामै गर्नुपथ्र्यो,’ उनी भन्छन्, ‘उपभोक्ता समिति गठन गर्नुपर्ने भए पनि वडा कार्यालय वा भजनी बजारमा गर्नुपर्ने अवस्था थियो ।’

केही पहिले बेला झलझलियामा प्रहरी चौकी स्थापना गर्ने निर्णय हुँदा विवादका कारण प्रहरी चौकीका लागि बनाइएको घर नै भत्काइएको थियो । त्यसपछिका वर्षहरूमा जनप्रतिनिधि र कर्मचारीहरू त्यहाँ जान नै डराउने गर्थे । स्थानीय मोतीलाल बिक भन्छन्, ‘त्यो घटनापछि झलझलियाको नाम नै डरका रूपमा चिनिन थाल्यो ।’

तर, समयले झलझलियाको कथा बदलिदिएको छ । ‘जलवायु अनुकूलन प्रवद्र्धनका लागि टोल विकास संस्था सशक्तिकरण परियोजना’ सुरु भएपछि बस्तीमा टोल विकास संस्था गठन गरिएको थियो । सहकर्मी समाज संस्थाले समुदायका समस्या पहिचान गरी छलफल, विश्लेषण र योजना बनाएर कार्यान्वयन गर्न थालेपछि सर्वसाधारणको सोच र व्यवहारमा धेरै ठुलो परिवर्तन आयो । भलमन्सा भारत चौलागाई भन्छन् , ‘टोल विकास संस्थाका बैठकहरूले हामीलाई छलफल र सहकार्य गर्न सिकायो । अब हामी आफ्नै समस्या आफ्नै हातले समाधान गर्न सक्ने भएको छौं । यसले जनप्रतिनिधिहरूसँग हाम्रो सम्बन्ध पनि सहज बनायो ।’

टोल विकास संस्थाको पहलमा सुरु गरिएको जैविक तटबन्धन निर्माण अभियानले झलझलियालाई फरक पहिचान दिलाएको छ । यस अभियानमा भजनी नगरपालिकाका अन्य वडाहरू, घोडाघोडी नगरपालिका र टीकापुरसम्मका नागरिकहरु श्रमदानका लागि आएका थिए । नेपाल, भारत र विदेशमा रहेका स्थानीयहरूबाट आर्थिक सहयोग पनि जुट्यो । 

भजनी नगरपालिकाका प्रमुख केवल चौधरी भन्छन्, ‘तपाईंहरूले गरेको सबैभन्दा राम्रो काम भनेको झलझलियाबासीलाई विकास कार्यमा जोड्नु र श्रमदान गर्ने बानी विकास गर्नु हो । पहिले आउन डर लाग्थ्यो, अब यहाँ आउँदा गर्व लाग्छ ।’

स्थानीयले पनि अब झलझलिया उस्तै नरहेको बताए । स्थानीयले विकासमा सहकार्य र सामुहिक हितमा जोड दिन थालेका छन् । जनप्रतिनिधि र समुदायबीच विश्वास, सहकार्य र साझेदारीको नयाँ अध्याय सुरु भएको छ ।

‘चुनाव जितेपछि एक–दुईपटक मात्र यो बस्तीमा आएको थिए,’ भजनी नगरपालिका– ४ का वडाध्यक्ष जनताराम चौधरी भन्छन्, ‘त्यसपछि तीन वर्षपछि आजभोलि यो कार्ययोजना कार्यान्वयन गर्न आउँछु । अब भने हरेक कार्यक्रममा झलाझालिया आउँछु, यहाँको परिवर्तनले म धेरै खुसी छु ।’
 

प्रतिक्रिया