ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा १२ गते नेपाली कम्युनिस्ट पार्टीको एकता सभा

सोमबार ०१, मङि्सर २०८२ ०४:५७

धनगढी । नेपाली कम्युनिस्ट पार्टीले देशव्यापी रूपमा एकता सभा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीले १२ मंसिरदेखि एकता सभा गर्न लागेको हो ।  सुदूरपश्चिमबाट एकता सभा गर्न लागेको नेकपाले जानकारी दिएको छ ।

१२ मंसिरमा सुदूरपश्चिमको धनगढीबाट सुरु हुने एकता सभा १३ मंसिरमा दाङको देउखुरीमा, १४ मंसिरमा गण्डकीको पोखरामा, १५ मंसिरमा कोशीको विराटनगरमा र १७ मंसिरमा बागमतीको काठमाडौंमा हुनेछ ।

त्यसैगरी, १८ मंसिरमा कर्णालीको सुर्खेत, २० मंसिरमा मधेश प्रदेशको जनकपुरधाम, २३ मंसिरमा बागमतीको हेटौँडामा एकता सभा हुने नेकपाले जनाएको छ । 

१७ मंसिरको उपत्यका विशेष प्रदेश र १९ मंसिरमा संघीय सम्पर्क समन्वय प्रदेशको भेला गर्ने पनि उल्लेख गरेको छ । 

प्रतिक्रिया