ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुर्नया गाउँपालिकामा ३८ दिनदेखि तालाबन्दी, अध्यक्ष भन्छन्– आज खुल्छ

सोमबार ०१, मङि्सर २०८२ ०१:०४

धनगढी । बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी भएको ३८ दिन पुगेको छ । गत असोज २४ गते विभिन्न माग राख्दै जेनजी र जेनवाई समूहले तालाबन्दी गरेका थिए । 

गाउँपालिकामा तालाबन्दी हुँदा पहिलो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता वितरण हुन सकेको छैन । त्यस्तै, स्वास्थ्य संस्थाहरुमा पनि औषधीको अभाव हुन थालेको छ । सामाजिक सुरक्षा भत्ता नवीकरण वडाबाट हुने भएकाले नवीकरण भइसकेको र पालिकामा कामकाज ठप्प भएकाले पालिकाबाट हुने काम नभएकाले भत्ता रोकिएको हो । यस्तै, तालाबन्दीकै कारण गाउँपालिका स्वास्थ्य केन्द्रमा औषधी अभाव हुन थालेको छ ।

गाउँपालिकाले औषधी खरिदका लागि गत असोज ९ गते टेन्डर आह्वान गरेको थियो । असोज २४ गतेदेखि गाउँपालिकामा तालाबन्दी भएपछि औषधी खरीद प्रक्रिया अगाडि बढ्न नसकेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।

गाउँपालिका अध्यक्ष अमर कुँवरले आज ताला खुल्ने सम्भावना रहेको बताए । ‘हिजो आन्दोलनरत पक्षसंग सहमति भएको थियो, आज ताला खोल्ने तयारी छ,’ अध्यक्ष कुँवरले भने । 

प्रतिक्रिया