कञ्चनपुर । कञ्चनपुरमा बृद्ध दम्पतीमाथि कुटपिट भएको छ । बेदकोट नगरपालिका–५ पोल्खरीमा बृद्ध दम्पतीमाथि कुटपिटसँगै गहना र नगद लुटपाट भएको छ ।
शनिबार राति चार–पाँच जनाको लुटेरा समूहले गहना र नगद लुटेर लगेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राति २ बजेतिर घरभित्र पसेका लुटेराले ५७ वर्षीया द्वारिका पन्तको नाकको बुलाकी र कानका बाली चुँडेर लगेका हुन् । दुई तोला भन्दा बढी तौलका गहना र डेढ लाख नगद लुटिएको छ ।
बालीहरु तान्दा उनको कानको लोती समेत चुँडिएको छ । पन्तका श्रीमान् ७८ वर्षीय उमापतिमाथि पनि लुटेराहरुले कुटपिट गरेका छन् ।
प्रतिक्रिया