ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली अस्पतालका सञ्चालक जोशीलाई राष्ट्रिय स्वास्थ्य सेवा सम्मान

आइतबार ३०, कार्तिक २०८२ ०१:००

धनगढी । कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीले राष्ट्रिय स्वास्थ्य सेवा सम्मान प्राप्त गरेका छन् । तिलक फिल्म्सद्वारा आयोजित विशेष समारोहमा स्वास्थ्य क्षेत्रमा निरन्तर योगदान, सेवा तथा समर्पणका आधारमा जोशीलाई यो सम्मान प्रदान गरिएको हो । 

नेपालको प्रथम उपराष्ट्रपति परमानन्द झाले जोशीलाई राष्ट्रिय स्वास्थ्य सेवा सम्मान–२०८२ प्रदान गरे । जोशीले लामो समयदेखि स्वास्थ्य सेवामा देखाएको सक्रिय नेतृत्व, व्यवस्थापन क्षमता तथा समुदायप्रतिको सेवाभावलाई उच्च मूल्यांकन गरिएको आयोजकले जनाएको छ ।

सम्मानपत्रमा कैलाली अस्पताललाई सेवा विस्तार, गुणस्तर सुधार तथा आधुनिक स्वास्थ्य सुविधातर्फ उन्मुख गराउन उनले पु¥याएको भूमिकाको पनि प्रशंसा गरिएको छ ।

प्रतिक्रिया