भारतको बिहार विधानसभा चुनावको मतगणना जारी छ । अहिलेसम्म प्राप्त भएको परिणाममा सत्ताधारी एनडीएले प्रचण्ड बहुमत प्राप्त गर्ने देखिएको छ ।
सुरुवाती मतगणनामा नै एनडीएले १ सय ९० सिट पार गर्ने संकेत देखिएको छ । महागठबन्धन ५० सिटमा अगाडि देखिएको छ ।
मतगणनापूर्व नै नीतीश कुमारले जितको दाबी गरेका थिए भने विपक्षी नेता तेजस्वी यादवले पनि आफूहरूको जित हुने दाबी गरेका थिए ।
महागठबन्धन पछाडि परेपछि राष्ट्रिय जनता दलमा निराशा छाएको छ ।
प्रतिक्रिया