धनगढी । नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका डा. भीम रावलले बिछोडको घाउमा मलम लागेझैँ भएको प्रतिक्रिया दिएका छन् । नेपाली कम्युनिस्ट पार्टीसँग सङ्गठनात्मक एकीकरणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेसँगै उनले यस्तो भनेका हुन् ।
उनले भने, ‘जुनबेला नेपाल कम्युनिस्ट पार्टीलाई विशृङ्खलित गरेर निहित स्वार्थ पूरा गर्नेबाट विभाजन गरिँदा गह्रौँ मन लिएर यसै ठाउँबाट गइएको थियो । फर्केर आज नेपाली कम्युनिस्ट पार्टीअन्तर्गत तत्कालीन नेकपाका नेतासँग विचार मन्थन गर्न पाउँदा त्यो बिछोडको दिनको आलो घाउमा मलम लागेझैँ भएको छ ।’
संयोजक बलियो राष्ट्रिय शक्ति निर्माण गरेर सामाजिक न्याय, आर्थिक तथा सामाजिक रुपान्तरणलाई सशक्त रूपमा अघि बढाउने सङ्कल्पका साथ बढ्ने प्रण गरे ।
प्रतिक्रिया