ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कुलमानको दलको अध्यक्षमा सुदूरपश्चिमका उपाध्याय, डा. तारासहित तीन जना केन्द्रीय सदस्य

मङ्गलबार २५, कार्तिक २०८२ ०८:०९

धनगढी । कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले विधान र केन्द्रीय कमिटीमा रहने सदस्यहरूको सूची निर्वाचन आयोगमा बुझाएको छ । यसअघि नै निर्वाचन आयोगमा रहेको उज्यालो नेपाल पार्टीमा केन्द्रीय कमिटी र विधान थप गर्दै मंगलबार उक्त सूची बुझाइएको हो ।

सूचीअनुसार पूर्वसचिव अनुपकुमार उपाध्याय अध्यक्ष छन् । उनी कैलालीका हुन् । अहिले कुलमान मन्त्री भएकाले उपाध्यायलाई अध्यक्ष बनाइएको बताइएको छ । मन्त्री कार्यकाल सकिएपछि कुलमान नै अध्यक्ष हुने छन् ।

यस्तै सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. ताराप्रसाद जोशी केन्द्रीय सदस्यमा छन् । उनी डडेल्धुराबाट स्वतन्त्र उम्मेदवार भएर प्रदेशसभा निर्वाचनमा विजयी भएका थिए । त्यसअघि उनी एमाले हुँदै एकीकृत समाजवादीमा गएका थिए ।

यस्तै कैलालीका मनोज लुहार र कञ्चनपुरका भीमबहादुर कुमाल पनि केन्द्रीय सदस्य छन् ।

प्रतिक्रिया